आलमलाई छाेड्ने न्यायाधीशमाथि कालाे माेसाे छ्यापियाे

जनकपुरधाम । उच्च अदालत जनकपुर वीरगन्ज इजलासका न्यायाधीश खुसीप्रसाद थारूमाथि दुर्व्यवहार भएको छ।

बिहीबार वीरगन्जमा इजलास बसिरहँदा केही व्यक्तिले न्यायाधीश थारूमाथि दुर्व्यवहार गरेका हुन्।

उक्त अदालतका रजिष्ट्रार दिपक भण्डारीका अनुसार दुर्व्यवहारमा संलग्न रहेका तीन जनालाई नियन्त्रणमा लिइएको छ।

उनीहरूको नेकपा बहुमत पार्टीका कार्यकर्ताहरू हुन्। उनीहरूले इजलासभित्रै छिरेर न्यायाधीशमाथि मसी प्रहार गरेका थिए।

इजलासभित्र कालाे माेसाे दल्ने प्रयास गरेका थिए तर तीन जनालाई् नियन्त्रणमा लिइएको प्रशासनकाे भनाइ छ ।

नेपाली कांग्रेसका नेता अफताब आलमलाई सफाइ गर्ने फैसला गरेको भन्दै उनीहरूले न्यायाधीशमाथि दुर्व्यवहार गरेका थिए।

जेठ १४ गते न्यायाधीश खुसीप्रसाद थारू र अर्जुन महर्जनको संयुक्त इजलासले आलमसहित ४ जनालाई राजापुर बम बिस्फोट मुद्दामा सफाइ दिएका थिए।

जेठ १४ मा भएको सो फैसलाबारे विभिन्न टीकाटिप्पणी भइरहेका छन् । न्यायाधिशद्वयले जिल्लाको फैसला उल्ट्याउँदै सफाइ दिएका थिए । 

फैसलाको संक्षिप्त पाठअनुसार सफाइ दिन अदालतले आलमलाई महान्यायाधिवक्ताको कार्यालयले यसअघि मुद्दा चलाउन नपर्ने निर्णय गरेको तथा सर्वोच्च अदालतले गरेको परमादेश, विस्फोटमा घाइते भनिएका पिन्टु भनिने त्रिलोक प्रकाश सिंह र ओशी अफताबलाई ट्याक्टरमा हाली राजा इट्टाभट्टामा ल्याइ पोलिएको भन्ने ठोस सबुत प्रमाण वादीले पेस गर्न नसकेको आधार देखाएको थियो । फैसलाको पूर्णपाठ आइसकेको छैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर