बंगलादेशसॅग बिजुली विक्री सुरू

काठमाडौं । नेपालले आजबाट बंगलादेशलाई ४० मेगावाट विद्युत ब्यवसायीक रूपमा पहिलो पटक निर्यात सुरू गरेको छ । अहिले उत्पादित बिद्युतले स्वदेशमा माग पूरा गरि तेस्रो देश बंगलादेशमा निर्यात सुरू गरिएको हो ।
उर्जा, जलस्रोत तथा सिचाई मन्त्री दिपक खड्काले नेपालले आजबाट विद्युत बंगलादेशलाई निर्यात गर्नुले देश समृद्धीको दिशामा बढेको बताएका छन् । उनले नेपाल तेस्रो मुलुक विद्युत निर्यात गर्ने दक्षिण एसियाकै पहिलो देश बनेको भन्दै यो ऐतिहासिक क्षण भएको बताए ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काको पहलमा नेपाल, भारत र बंगलादेशबीच २०८१ असोज १७ मा बिद्युत बेच्ने सम्झौता भएको थियो ।
उर्जामन्त्री खड्का, भारतका विद्युतमन्त्री मनोहर लाल र बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका सल्लाहकार मोहमद फोजुल कविर खानबीच संयुक्त रूपमा स्विच अन गरी विद्युत् निर्यातको उद्घाटन काठमाडौंमा गरिएको थियो ।
उर्जामन्त्री खड्काको प्रयास र मेहनतपछि भएको सो सम्झौता अनुसार हरेक वर्षायामको ५ महिना अर्थात् हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म ४० मेगावाट बिजुली बिक्री गर्ने सम्झौता भएको थियो । सो सम्झौतासॅगै आजबाट बंगलादेश विद्युत निर्यात गर्न लागिएको हो ।
यसअघि सम्झौता भएसॅगै १ दिन बिद्युत विक्रि गर्दा प्राधिकरण ४ लाख ७० हजार युनिट बिजुली बिक्री गरिएको थियो यसबाट ३० हजार ८० डलर आम्दानी भएको प्राधिकरण जनाएको छ ।
यसअघि नेपाल र भारतबीच मात्र विद्युत् व्यापार हुँदै आएको थियो ।
नेपालमा उत्पादित विद्युत् भारतको प्रसारण संरचना हुँदै बंगलादेशलाई विक्री गर्न लागिएको हो । नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय प्रसारण लाइन ढल्केबर–मुजफ्फरपुर ४०० केभी मार्फत विक्री गर्न लागिएको हो । मुजफ्फरपुर सबस्टेसनबाट भारतको प्रसारण लाइन हुदैं बेहरामपुर (भारत)–भेडामारा (बंगलादेश) ४०० केभी प्रसारण लाइनमार्फत विद्युत बंगलादेश पुग्नेछ ।
विद्युत् प्राधिकरणले त्रिशूली र चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित क्रमशः १८.६० मेगावाट र २१.४० मेगावाट गरी ४० मेगावाट विद्युत् बंगलादेश निर्यात हुनेछ । ४० मेगावाट विद्युत् सन् २०२९ अक्टोबर २ सम्म अर्थात ५ वर्षसम्म बंगलादेश निर्यात गर्ने सहमति भएको छ भने भारतले सरकारले पनि प्रसारण लाइनको प्रयोग गर्न स्वीकृति दिएको हो ।
नेपालमा वर्षायाममा बढी भएको विद्युत मध्ये ४० मेगावाट विद्युत् पाँच वर्षसम्म अमेरिकी डलरमा बंगलादेशलाई बिक्री गर्नेछ । प्राधिकरणले बंगलादेश विद्युत् बिक्री गरी प्रतियुनिट ६.४० अमेरिकी सेन्ट पाउने गरी यसअघि नै सम्झौता भइसकेको छ ।
प्राधिकरणले मुजफ्फरपुर बिन्दुपछिको प्रसारण लाइन शुल्क, चुहावट, एनभीभीएन, भारतले लिने ट्रेडिङ मार्जिनलगायतका सम्पूर्ण कर तथा शुल्कहरू बंगलादेशले नै बेहोर्ने सहमति छ ।
नेपालले निर्यात गरेको बिजुलीको बक्यौतासमेत बंगलादेशस्थित बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) ले शुल्क तिर्नेछ ।
प्रतिकृया दिनुहोस