कान्ति लोकपथ र अरनिको राजमार्ग बन्द

काठमाडाैं । वर्षापछि खसेको पहिरोले कान्ति लोकपथ र अरनिको राजमार्गसहित देशका मुख्य पाँचवटा सडक मार्ग अवरुद्ध भएका छन्। 

मकवानपुरको भीमफेदी गाउँपालिका ८ भर्याङडाँडामा पहिरो खस्दा आइतबार बिहानदेखि कान्ति लोकपथ पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। 

त्यसैगरि सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका २ कोदारीमा पहिरो खस्दा अरनिको राजमार्ग पनि अवरुद्ध बनेको छ। 

ललितपुरको बागमती गाउँपालिका ६ रुम्बाडाँडामा पिहरो खस्दा आश्राङदेखि गिम्दी जाने सडक पनि पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। 

धनकुटाको साँगुरीगढी गाउँपालिका ५ मा पहिरो खस्दा रवि राँके भेडेटार सडक पनि आज बिहानदेखि पूर्णरुपमा अवरुद्ध बनेको प्रहरीले जनाएको छ। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर