असार ६ देखि चल्ने भए ग्वार्को फ्लाई ओभरमा सवारी साधन

ललितपुर । ललितपुरको ग्वार्कोस्थित फ्लाई ओभरमा असार ६ देखि सवारी साधन सञ्चालन हुने भएका छन्। फ्लाई ओभरको मुख्य संरचना निर्माण कार्य पूरा भएसँगै अब सवारी साधन सञ्चालनको तयारी गरिएको हो।

आगामी ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लाई ओभरको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। उद्घाटनसँगै फ्लाईओभरबाटै सवारी साधन सञ्चालन गरिने भएको हो।  

गएको शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरी सवारी साधन सञ्चालनको तयारी गर्न निर्देशन दिएको थियो।  

मुख्य संरचनाको निर्माण पछि लेन सेपरेटर राख्ने, लाईनिङ् गर्ने लगायतका काम पूरा भएपछि सवारी साधन सञ्चालन हुने अवस्थामा पुगेको सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दिप बाराहीले जानकारी दिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर