सरकारले ह्वात्तै बढायो ईन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
निगमका अनुसार, पेट्रोलमा ५ रुपैयाँले मूल्यवृद्धि भएको छ भने मट्टितेल र डिजेलमा ४ रुपैयाँले मूल्य बढेको छ।
निगमले सोमबार साँझ विज्ञप्ति जारी गरी वृद्धि भएको मूल्य आजै राति १२ बजेबाट लागू हुने जनाएको छ।
प्रतिकृया दिनुहोस