अन्तराष्ट्रिय विमानस्थल भित्रका ६ फर्ममा वाणिज्य विभागको एकै पटक छापा, भेटियो कसुर

काठमाडौं । नेपालको एक मात्रै अन्तर्राष्ट्रिय विभानस्थल भित्रि रहेका विभिन्न व्यापारिक फर्महरुमा नेपाल सरकार मातहतको बाणिज्य आपूर्ति तथा उपभोक्त हित संरक्षण विभागले छापा मारेको छ ।
आज मारिएको छापाका क्रममा विभिन्न ६ फर्महरुमध्ये २ ओटामा कैफियत देखिएकाले कारबाही गरिएको छ भने बाँकी ४ ओटालाई व्यापारिक कारोबारसँग सम्बन्धीत कागजात लिएर तीन दिन भित्र विभागमा हाजिर हुन निर्देशन दिइएको छ ।
बाणिज्य विभागले दिएको जानकारी अनुसार विमानस्थल भित्रको इजी ट्रेड नामको फर्मलाई २ लाख ६० हजार जरिवानासहित तीन दिन भित्र विभागमा हाजिर हुन निर्देशन दिइएको छ ।
एयरपोर्ट टि कफी एण्ड कन्फेक्सनरीलाई २ लाख ५ हजार जरिवानासहित तीन दिन भित्र कागजात लिएर आउन भनिएको छ ।
सोल्टी होटल लिमिटेड, ओरियन्टल होटल्स, सान इन्टरप्राइजेज सर्भिसेज र साइ किरण इन्टरप्राइजेजलाई तीनदिन भित्र कागजातसहित हाजिर हुन निर्देशन दिइएको छ ।
प्रतिकृया दिनुहोस