नाउपाका मन्त्री चौधरी बर्खास्त

काठमाडाैं । सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरी बर्खास्तीमा परेका छन्। आज बिहीबार मुख्यमन्त्री कमलबहादुर शाहले चौधरीलाई बर्खास्त गरेका हुन्। 

चौधरी नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य हुन्। चौधरीलाई बर्खास्त गरेपछि उक्त मन्त्रालय मुख्यमन्त्री शाहले आफै मातहत राखेका छन्।  

मुख्यमन्त्री  शाहले कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै चौधरीलाई पदबाट राजीनामा गर्न यसअघि नै निर्देशन जारी गरेका थिए। तर चौधरीले राजीनामा दिन अटेर गरिरहेका थिए।  नाउपाको संसदीय दलले मन्त्री चौधरीले राजीनामा नगर्ने बरु बर्खास्त गर्न मुख्यमन्त्री शाहलाई चुनौती दिएको थियो। 

खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको निर्देशकमा खेमराज जोशीलाई एकलौटी नियुक्ति गरेको, अनुदानमा पावरटिलर बाँड्न किसानबाट रकम असुलेको लगायत आरोपमा मन्त्री चौधरीलाई राजीनामा गर्न निर्देश जारी भएको थियो। 

मन्त्री चौधरीले कुनै गल्ती नगरेकोले राजीनामा नदिने बरु मुख्यमन्त्रीले अधिकार प्रयोग गरेर बर्खास्त गर्न नाउपाको चुनौती थियो। चौधरी जेठ ४ गते उद्योगमन्त्री नियुक्त भएका थिए।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर