यस्तो आयो यस वर्षकाे मौद्रीक नीति, बजारमा के पर्छ असर ? (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) मौद्रिक नीति सार्वजनिक गर्दै कर्जा, पुँजी बजार, डिजिटल सेवा तथा विदेशी मुद्रा व्यवस्थापनमा लचिलो र सुधारमुखी व्यवस्थाहरू ल्याएको छ ।कर्जाको पहुँच बढाउन राष्ट्र बैंकले ब्याजदर कोरिडोर घटाएको छ ।

बैंक दर ६.५ प्रतिशतबाट घटाएर ६ प्रतिशत, नीतिगत दर ५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत र तल्लो सीमा ३ प्रतिशतबाट घटाएर २.७५ प्रतिशत कायम गरिएको छ । यसले बैंकहरूले कर्जा सस्तोमा उपलब्ध गराउन सक्ने अपेक्षा गरिएको छ, जसको प्रत्यक्ष लाभ घरजग्गा, निर्माण तथा व्यापारिक क्षेत्रमा हुने विश्वास लिइएको छ ।

शेयर कर्जातर्फ पनि राष्ट्र बैंकले नीति खुकुलो बनाएको छ । अब एकल ग्राहकले लिन सक्ने अधिकतम मार्जिन कर्जा १५ करोड रुपैयाँबाट बढाएर २५ करोड रुपैयाँ पु¥याइएको छ ।

यसले ठूला लगानीकर्तालाई शेयर बजारमा थप संलग्न हुन उत्साहित गर्ने र पूँजी बजारमा तरलता बढाउने अनुमान गरिएको छ । त्यस्तै राष्ट्र बैंकले आवासीय घर कर्जाको अधिकतम सीमा २ करोड रुपैयाँबाट बढाएर ३ करोड रुपैयाँ कायम गर्ने निर्णय गरेको छ ।

शुक्रबार सार्वजनिक गरिएको मौद्रिक नीतिमार्फत यो सीमा १ करोड रुपैयाँले वृद्धि गरिएको हो । निजी आवासीय घर निर्माण वा खरिद गर्न बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको सीमा ३ करोड रुपैयाँ कायम गरिनेछ ।

पहिलो पटक घर निर्माण वा खरिद गर्ने ग्राहकका लागि कर्जा मूल्य अनुपातमा ८० प्रतिशतसम्म कर्जा प्रवाह गर्न सकिने व्यवस्था छ भने अन्य ग्राहकका लागि यो सीमा ७० प्रतिशतसम्म कायम हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर