अर्थमन्त्रालयले भन्योः एमसीसीले निरन्तरता पाउने

काठमाडौं । नेपालमा बहुचर्चित र विवादित बनेको अमेरिकी सहयोग परियोजना एमसीसीले निरन्तरता पाउने भएको छ । नेपाल सरकार अर्थ मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दैै एमसीसी निरन्तरताको जानकारी गराएको हो । यसअघि एमसीसीले जुलाइबाट पुनरावलाेकन गर्ने बताएकाे थियाे ।

विश्वव्यापी रुपमा अमेरिकी सहयोग कटौंती गरेको ट्रम्प प्रशासनले नेपालमा पनि युएसएड अन्तर्गतका प्रायः सबै कार्यक्रम रोकेको थियाे ।  

अमेरिकी सरकारले गत साता मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल)लाई निर्वाध रुपमा सञ्चालन गर्न अनुमित दिने निर्णय गरेको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

‘अमेरिकी सरकारले गरेको वैदेशिक सहायता समीक्षाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल सम्झौताको कार्यान्वयनलाई निरन्तरता दिन सिफारिस गरेको छ र हामीले नेपाल सरकारलाई यस निर्णयबारे सूचित गराएका छौं,’ अमेरिकी दूतावासले भनेको छ, ‘५० करोड डलर बराबरको एमसीसी सम्झौता र त्यसमा नेपाल सरकारको थप १९.७ करोड डलरको योगदानले विद्युत् प्रसारण पूर्वाधारको निर्माण र सडक सञ्जालको सुधार गरी समृद्धि र क्षेत्रीय ऊर्जा प्रवर्द्धनमा टेवा पुर्‍याउँछ ।’

यो निर्णयसँगै अब एमसीसी नेपाल कार्यक्रम निर्वाध रुपमा अघि बढ्न बाटो खुलेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर