थप राेचक बन्याे बागमती कांग्रेसको लफडा, लामाले नियुक्त गरे ३ मन्त्री

हेटौंडा । बागमती प्रदेशमा नेपाली कांग्रेसको लफडा थप राेचक बनेकाे छ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले तीन जना मन्त्री नियुक्त गरेका छन् । उनले गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई भर्खरै मन्त्री नियुक्त गरेका हुन् । लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । अन्य दुई जनाको जिम्मेवारी पछि तोकिने बताइएको छ ।
यसअघि पाँच जना मन्त्रीले राजीनामा दिएर लामाविरुद्ध काँग्रेस संसदीय दलमा दर्ता भएको अविश्वासको प्रस्ताव हिजो पारित भएपछि उनी संकटमा परेका थिए । तर, मुख्यमन्त्रीको पदबाट मुक्त नहुने घोषणा गरेका उनले आज नयाँ मन्त्री नियुक्त गरेका हुन् ।
बागमतीमा काँग्रेसले सम्हालेकामध्ये युवा तथा खेलकुद, संस्कृति तथा पर्यटन, खानेपानी, ऊर्जा तथा सिंचाइ र सहकारी तथा गरिवी निवारण मन्त्रालय खाली छ ।
यसअघि नेपाली कांग्रेसले बागमती प्रदेशमा आज संसदीय दलको नेता चयन गर्ने कार्यक्रम प्रकाशित गरेको थियो । मुख्यमन्त्री लामालाई अविश्वासको प्रस्तावबाट हटाएपछि नयाँ नेता चयन गर्न कार्यक्रम सार्वजनिक गरिएको हो ।
हरिशरण श्रेष्ठको संयोजकत्वमा गठित समितिले दिउँसो २ देखि ३ बजेसम्म संसदीय दलको कार्यालयमा मतदान गराउँदै छ ।
प्रतिकृया दिनुहोस