गायिका अस्मिता अधिकारी अमेरिका उडिन्

काठमाडौँ । नेपाल आइडलबाट उदाएकी चर्चित गायिका अस्मिता अधिकारी सांगितिक कार्यक्रमका लागि अमेरिका प्रस्थान गरेकी छिन्। सामाजिक सञ्जालमार्फत उनले आफ्ना फ्यानहरूलाई यसबारे जानकारी गराएकी हुन्।
उनले पति महेश काफ्लेसँगको तस्बिर साझा गर्दै अगस्टदेखि अक्टोबरसम्म विभिन्न २० भन्दा बढी सहरमा प्रस्तुति रहने जानकारी गराएकी छिन्।
उनले यस पटक चाडपर्व रमाइलो गर्दै सँगै मनाउने बताउँदै अमेरिकामा भएका आफ्ना फ्यानहरूलाई निम्ता पनि दिएकी छिन्।
प्रतिकृया दिनुहोस