किसानलाई मलको अभाव भईसक्यो, बल्ल योजना माग्दै प्रधानमन्त्री ओली

काठमाडौं । देशभर किसानहरूले रसायनिक मलकाे अभाव खेपिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि मल व्यवस्थापन र उत्पादन वृद्धि गर्न निर्देशन दिएका छन् ।
सिंहदरबारमा आज कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसहित सम्बन्ध अधिकारीसँग छलफलपछि प्रधानमन्त्री ओलीले तीन दिनभित्र सम्पादन गर्ने गरी बारे तीन बुँदे निर्देशन दिएका हुन् ।
रासायनिक मलको आपूर्ति व्यवस्था चुस्त दुरुस्त गराउन नयाँ ढाँचासहितको ठोस योजना ल्याउन निर्देशन दिँदै उनले कम्पोष्ट र आर्ग्यानिक मलको उत्पादन र प्रयोगका लागि राष्ट्रिय अभियान सन्चालन तथा यसमा अनुदान नीतिको प्रस्ताव गर्न भनेका छन् ।
माटोको उर्वरता बचाउने गरी रासायनिक मल कारखाना नेपालमै खोल्न अध्ययनको खाका तत्काल तयार गर्न र किसानलाई लाभ हुने गरी ठोस खाका बनाएर तीन दिनभित्र पेस गर्न उनको निर्देशन छ ।
प्रतिकृया दिनुहोस