एमालेका नेता कुटिए, दुर्गा प्रसाईंको अस्पतालमा भर्ना

विराटनगर । नेकपा एमालेका स्थानीय नेतामाथि संघातिक हमला भएपछि उपचारका लागि झापास्थित बीएण्डसी अस्पताल भर्ना गरिएको छ । यो अस्पताल विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंको हो ।
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका-२ का वडाध्यक्ष टेकिन्द्र सेन्दाङलाई शनिबार बेलुकी अज्ञात समूहले आक्रमण गरेको हाे। एमालेका जिल्ला नेतासमेत रहेका सेन्दाङ पार्टीको जिल्ला कमिटी बैठक सकेर घर फर्कँदै गर्दा आक्रमण भएको हो।
आक्रमणबाट गम्भीर घाइते सेन्दाङलाई स्थानीय स्वास्थ्य संस्थामा प्रारम्भिक उपचारपछि बिर्तामोडस्थित बीएन्डसी अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ।
ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी वेदप्रसाद गौतमका अनुसार सेन्दाङको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको छ।
घटना तोक्मेडाँडा क्षेत्रमा भएको एमाले ताप्लेजुङले जनाएको छ। एमालेका अनुसार ५/७ जनाको समूहले सेन्दाङमाथि सांघातिक आक्रमण गरेको हो।
घटनाका बारेमा अनुसन्धान सुरु भइसकेको र आक्रमणमा संलग्नलाई चाँडै कानुनी दायरामा ल्याउने प्रहरीले बताएको छ । वडा अध्यक्ष सेन्दाङ नेकपा एमाले ताप्लेजुङ जिल्ला कमिटी सदस्य हुन् ।
प्रतिकृया दिनुहोस