काठमाडौँ महानगरपालिकाद्वारा २ सय ६४  गुणस्तरहिन जार नष्ट

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले प्रशोधित पिउने पानीको जारहरूको गुणस्तर अनुगमनलाई तीव्र बनाएको छ। कृषि तथा पशुपन्छी विभाग र महानगर प्रहरी बलको संयुक्त चेकपोस्टमार्फत गरिएको अनुगमनमा पछिल्लो दस दिनमा महानगरका विभिन्न क्षेत्रमा मापदण्डविपरीतका २ सय ६४ थान जारहरू बरामद गरी नष्ट गरिएको महानगरले जनाएकाे छ। 

गत शुक्रबार काठमान्डौं ३ मा १५ गाडीमा फेला परेका ५८ थान, बुधबार १६ नम्बर वडामा भेटिएका १३ गाडीमा फेला परेका ४१ थान र यसअघि कोटेश्वरमा ६८ थान, गोङ्गबुमा ५८ थान र बल्खु क्षेत्रबाट ३९ थान कुच्चिएका र अपारदर्शी जारहरू जफत गरि नष्ट गरिएको छ ।   

बरामद सबै जारहरू नष्ट गर्न महानगर प्रहरी बललाई जिम्मा लगाइएको छ। 

अनुगमनका क्रममा पानी उत्पादक तथा वितरकहरूलाई मापदण्डविपरीतका जारहरू बिक्री-वितरण नगर्न, लेबल स्पष्ट राख्न, कम्पनीले जारी गरेको बिल/बिजक (चलानी) गाडीमै बोकेर हिँड्न र पानीको गुणस्तरप्रति संवेदनशील भई नागरिकको स्वास्थ्यप्रति जिम्मेवार बन्न निर्देशन दिइएको छ। 

विभागले नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी यस्ता अनुगमन कार्यलाई निरन्तरता दिएको जनाएको छ ।

महानगरले जरमा राखिएको पानीलाई वर्षा याममा विशेष गरी राम्रोसँग उमालेर मात्र पिउन अनुरोध गरेको छ। 

काठमाडाैं महानगरले जनस्वास्थ्यमा जाेडिएकाे पानीजस्ताे संवेदनशिल विषयमा चासाे देखाएपनि अन्य स्थानीय तहले भने चासाे दिएका छैनन् । 
पानीमा संक्रमणा फैलिया वीरगंजमा हैजा फैलिएकाे छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर