सुनको मूल्यमा ‘रेकर्ड ब्रेक’:२ लाख ५ हजार तीनसय

काठमाडाैं । सुनको मूल्य आज पनि बढेको छ। सुनको मूल्यले गएका तीन दिनयता लगायता रेकर्ड बे्रक गरिरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गएको शुक्रबार अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड बनाएको सुनको मूल्यमा आइतबार र सोमबार पनि लगातार बढेको हो।
सुनको मूल्य आज तोलामा एक हजार सातसय रुपैयाँ बढेर दुई लाख पाँचहजार तीनसय रुपैयाँ पुगेको छ। सुनको यो भाउ अहिलेसम्मकै सर्वाधिक महँगो हो।
हिजो सुनको मूल्य तोलमा तीन हजार रुपैयाँ बढेर दुई लाख तीन हजार ६ सय रुपैयाँ पुगेको थियो।
आज चाँदीको मूल्य पनि अहिलेसम्मकै उच्च भएको छ। तोलामा ४५ रुपैयाँ बढेर चाँदीको मूल्य दुई हजार चारसय ७० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
प्रतिकृया दिनुहोस