४ करोड अवैध रकम गोरखाका श्रेष्ठको 

काठमाडौँ । काठमाडौं महानगरपालिका–२६, गोंगबुको एक घरबाट प्रहरीले मंगलबार बरामद गरेको झन्डै ४ करोड अवैध रकमसहित सुन गोरखाका विनोदकुमार श्रेष्ठको भएको खुलेको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालका अनुसार छापा मार्दा अहिलेसम्म ३ करोड ७५ लाख रुपैयाँसँगै सुनका ढिक्का, बाला, औंठीसहितका गरगहना पनि बरामद भएका छन् । प्रहरीले मेसिनबाट रकम गन्दै छ भने सुनको तौल लिँदै छ ।

गोरखा नगरपालिका घर भएका श्रेष्ठ लामो समयदेखि गोंगबुमा बस्दै आएका थिए । प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराका अनुसार सुन धितो राख्ने र मिटरब्याजमा पैसा लगाउने काम श्रेष्ठले गर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । ‘सुन पसलदेखि व्यक्तिहरुलाई पनि सुन धितो राखेर पैसाको कारोबार गर्ने गरेको देखियो,’ उनले भने, ‘हामी थप अनुसन्धानमा छौं ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर