प्राधिकरणमा दीपक खड्काले खोलेको कार्यालय कुलमानले बन्द गराए

काठमाडौं । सुशासन र पारदर्शीताको कदम चाल्न थालेका नेपाल विद्युत प्राधिकरणकै पूर्व कार्यकारी प्रमुख रहेका ऊर्जामन्त्री कुलमान घिसिङले प्राधिकरणबाट काम तिब्र बनाएका छन् । 

यसअघिका कांग्रेसका मन्त्री दीपक खड्काले कुलमानमाथि निगरानी बढाउनकै लागि प्राधिकरणमा मन्त्रीको कार्यकक्ष खडा गरेका थिए । 

तर अहिलेका मन्त्री कुलमानले त्यो कार्यालय बन्द गराएर प्राधिकरणकै प्रयोजनमा प्रयोग गर्न कार्यकारी निर्देशक हिदेन्द्रदेव शाक्यलाई निर्देशन दिएका छन् । 

'ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्री कुलमान घिसिङज्यूले मगंलबार विद्युत प्राधिकरण प्रधान कार्यालय रत्नपार्कमा रहेको मन्त्री कार्यकक्ष तत्काल बन्द गरी उक्त स्थानलाई प्राधिकरणको प्रयोजनका लागि प्रयोग गर्न निर्देशन दिनुभएको छ,'उनकाे सचिवालयले भनेकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर