तेस्रो नेगेटिभ सर्किट: सेयर बजार बन्द

काठमाडाैं । तेस्रो पटक नेगेटिभ सर्किट लागेसँगै आजकालागि सेयर बजार बन्द भएको छ । जेन–जी प्रदर्शनका कारण विकसित घटनाक्रमले बन्द भएर आजबाट खुलेको सेयर बजार लगातार तेस्रो पटक नेगेटिभ सर्किट लागेर बन्द भएको हो ।
पहिलो नेगेटिभ सर्किट लागेर २० मिनेट बन्द भएपछि खुलेको सेयर बजार पुन: दोस्रो नेगेटिभ सर्किट लागेर ४० मिनेटपछि खुलेको थियो । ४० मिनेटपछि पुन: खुलेको बजार निरन्तर ६ प्रतिशतले घटेसँगै आजका लागि सम्पूर्ण कारोबार बन्द गरिएको छ ।
यसअघि नेपाल धितोपत्र बोर्डले कारोबार रोक्का गर्न दिएको निर्देशनबमोजिम बजार बन्द गरिएको थियो । अवस्था सहज भएपछि आजबाट सेयर कारोबार खुला गरिएको हो । जेन–जी आन्दोलनमा क्रममा ठुलो मानवीय क्षति र भौतिक सम्पत्ति खरानी भएपछि लगानीकर्ता डराउँदा सेयर बजारमा पनि नेगेटिभ सर्किट लागेको हो।
प्रतिकृया दिनुहोस