जेनजीका एजेण्डा पूरा गर्न माओवादीले अगुवाई गर्छ- केन्द्रीय सदस्य गौतम 

हेटौंडा । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला इन्चार्ज विजय गौतमले जेनजी पुस्ताले उठाएका जायज एजेण्डाहरु संस्थागत गर्न माओवादी केन्द्रले अगुवाई गर्ने बताएका छन्। 

माओवादी केन्द्र मकवानपुर जिल्ला पार्टीद्वारा संविधान दिवसका अवसरमा आज हेटौंडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता गौतमले भने, “जेनजीले उठाएको सुशासन र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखकाे एजेण्डाले मुलतः हिजोको दिनमा हामीले संविधान निर्माणको क्रममा फरक मतको रुपमा दर्ज गरेको प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्धा र पछिल्लो १८ महिने सरकार सन्चालनको क्रममा चलाएको सुशासनको अभियानलाई सम्झाएकाे छ।” 

हिजो संस्थागत गर्न नसकेका विषय आज यही आन्दोलनको बलमा संस्थागत गर्नतर्फ अग्रसर हुनुपर्ने नेता गोतमले जिकिर गरे। 

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) बागमति प्रदेशका उपाध्यक्ष एवं बागमति प्रदेश सभा सदस्य माननीय प्रेमबहादुर पुलामीले एमाले नेतृत्वको गठबन्धन सरकारको कुशासनले आज जेनजीहरु सडकमा आउनुपर्ने अवस्था श्रृजना भएको दाबी गरे। 

त्यसैगरी पार्टीका केन्द्रीय सदस्य प्रल्हाद लामिछानेले संविधान निर्माणको एक दशकको बस्तुनिष्ठ समिक्षा गर्दै जेनजी आन्दोलनले उठाएका जायज मागलाई संविधानमा समेट्न कोही चुक्नु नहुने बताए। 

पार्टी जिल्ला संयोजक भीम पाख्रिनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माओवादी केन्द्रका प्रदेश सचिवालय सदस्यद्वय बीरबहादुर घलान, ललित घलान लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर