कार्यभार सम्हाल्दै प्राधिकरणमा सिलवालले भनेः विद्युत् बक्यौता उठाउनेछौँ

काठमाडौं । विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले आजदेखि कार्यभार सम्हालेका छन् ।
पदभार ग्रहण गर्दै सिलवालले दुई वटा निर्णयमा हस्ताक्षर पनि गरे । जसमा आर्थिक नियमावली अनुसार ठूलो पुँजीका आयोजना र कामहरूको प्रतिस्पर्धापछि नापजाँच गर्नको लागि समिति बनेको छ ।
१०औँ तहभन्दा माथिका कर्मचारी सरुवा सञ्चालक समितिमा लाने व्यवस्था संशोधन गर्दै कार्यकारी निर्देशकलाई नै अधिकार दिन प्रस्ताव गरिएको छ ।
पदभारको क्रममा सिलवाललाई तत्कालको चुनौती के छ ? भनी सोधिएकोमा दसैँ-तिहारका लागि नियमित विद्युत् प्रवाह गर्नु रहेको बताए ।
उनले भने, ‘उद्योगबाट उठाउन बाँकी रहेको विद्युत् बक्यौता उठाउने काम गर्नेछौँ । डेलिकेडेट र ट्रंक लाइनको पहिले पैसा उठाउन भएको निर्णयको अध्ययन हुनेछ । चाडपर्वपछि आन्तरिक सुधार गर्ने र आर्थिक रूपमा प्राधिकरणलाई कसरी अगाडि बढाउने भन्ने काम गर्छौं ।’
प्रतिकृया दिनुहोस