रातारात ६ वटा मेसिनले काम गरेपछि खुल्यो नारायणगढ-मुग्लिन सडक

काठमाडौँ । यातायात मन्त्री कुलमान घिसिङले अतिरिक्त चासाे दिदै रातभर काम गराएपिछ नारयणगढ-मुग्लिन सडकस्थित तुइन खोला नजिकै झरेको पहिरो पन्छाएसँगै बिहीबार रातिबाट सवारी आवागमन सञ्चालन भएको छ । सडक डिभिजन भरतपुरका अनुसार मंगलबार दिउँसो पहिरो खसेसँगै यातायात आवागमन ठप्प बनेको थियो ।
नारायणगढ-मुग्लिन सडकमा राति पीने ११ बजेबाट दोहरै गाडी चल्न सुरू भएको डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले जानकारी दिएका छन् ।
दसैंको मुखमा पहिरो खसेर सवारी आवागमन बन्द हुँदा पूर्व-पश्चिम हिँडेका यात्रु बिच सडकमै अलपत्र परेका थिए ।
दैनिक उपभोग्य वस्तु बोकेका मालबहाक सवारी साधन चितवनका विभिन्न स्थानमा रोकिएका छन् । अहिले रोकिएका सवारी साधनलाई गन्तव्यमा पठाउन थालिएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस