रोल्पामा बस दुर्घटना, १४ जना घाइते, नेता पुनले भनेः उपचारमा कमि हुन नदिनु
राेल्पा । रोल्पामा यात्रुवाहक बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। जसमा पाँच जनाको अवस्था गम्भीर घाइते छन्।
रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं. ७ गाइबिसौना स्थित घोराही–घर्तीगाउँ सहिद मार्ग खण्डमा बुधबार दिउँसो घर्तीगाउँ देखि काठमाडौ तर्फ जाँदै गरेको लु २ ख २९६६ नम्बरको बस दुर्घटना भएको हो।
चालकसहित २५ जना सवारमा १४ जना घाइते भएका छन्। माडी २ की २५ वर्षिय जुनमाया पुनमगर, त्रिवेणी ७ का १९ वर्षिय अम्मर झांक्री, परिवर्तन २ का ३९ वर्षिय रामबहादुर घर्तिमगर, रोल्पा ३ की २५ वर्षिय मनिया विक गम्भीर घाइते भएका छन्। त्यस्तै, दाङको घोराही १६ की ५० वर्षिया सुनिता बुढामगर मध्यम घाइते भएकी छिन्।
परिवर्तन ४ की ४५ वर्षिय मिरा बुढा, माडी २ का २९ वर्षिय बिशाल परियार, माडी ५ की २९ वर्षिय शर्मिला घर्ती, माडी २ का २६ वर्षिय चन्द्रविर पुन, रोल्पा नगरपालिका ७ का ४० वर्षिय टेकबहादुर सार्की, परिवर्तन ४ का १७ वर्षिय शिवशक्ति बुढामगर, परिवर्तन ३ का २३ वर्षिय विशाल डागी र माडी २ की ६८ वर्षिय भिमा पुन सामान्य घाइते भएका छन्।
रोल्पाका डिएसपी पंचबहादुर बाखुका अनुसार गाडीका चालक चन्द्रविर पुन पनि सामान्य घाइते भएका छन्। गम्भीर घाइतेलाई उपचारका लागि दाङ पठाइएको उनले बताए।
राेल्पाका जनप्रतिनिधि वर्षमान पुनले घाइतेहरुकाे उपचारमा कुनै कसर बाँकी नराख्न सम्बन्धित पक्षकाे ध्यानाकर्षण गराएकाे बताएका छन् ।







प्रतिकृया दिनुहोस