कलाकार दीपाश्रीकाे ब्रेन ट्यूमरकाे शल्यक्रिया सफल

काठमाडाैं । अभिनेत्री तथा फिल्म निर्देशक दीपाश्री निरौलालकाे ब्रेन ट्युमरको शल्यक्रिया सफल भएकाे छ । ब्रेन ट्युमर भएपछि उनी माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत छिन् ।

उनको सफलतापूर्वक शल्यक्रिया गरिएको छ। वसन्त पन्त नेतृत्वको चिकित्सक टोलीले उनको शल्यक्रिया गरेको निरौलाका नजिकका सहकर्मी कलाकार दीपकराज गिरीले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् । 

कलाकार गिरीका अनुसार उनलाई अहिले आइसीयूबाट जनरल वार्डमा सारिएको छ। दीपाश्रीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । उनी एक सातापछि डिस्चार्ज हुनेछिन्।

गिरीले लेखेका छन्, 'दीपाजी लाइ ब्रेन ट्यूमरको पत्ता लाग्यो त्यसपछि हामि अन्यौलमा पर्यौ , तुरून्त शल्यक्रिया गर्नु पर्ने भयो ! धेरै ठॅाउबाट भारत जाने सल्लाह पाइयो, तर अन्त्यमा नेपालकै अनुभबी डाक्टर बसन्त पन्त द्दारा शल्यक्रिया गर्ने निर्णय भयो ! भगवानको आशीर्बादले शल्यक्रिया सफलतापूर्बक सम्पन्न भयो ,हाल उहॅा अआइसियू बाट जनरल वार्डमा आएर स्वास्थ्यलाभ गर्दै हुनुहुन्छ , आशीर्बाद दिने दर्शक तथा शुभचिन्तकहरू , उपचारमा संगलग्न सम्पूर्ण स्वास्थ्यकर्मी हरूलाइ धन्याबाद !'

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर