‘मिसेस नेपाल वल्र्ड २०२६’को आवेदन खुला
काठमाडौं । ‘मिसेस नेपाल वल्र्ड २०२६’को आवेदन खुला भएको छ । रोल...........
बुधबार आयोजक रिबन इन्टरटेनमेन्टले ललितपुरमा पत्रकार सम्मेलन गर्दै मिसेस नेपाल वल्र्ड २०२६का लागि विधिवत् रूपमा आवेदन फारम खुला भएको जनाएको हो ।
पहिलो चरणको अडिसन साउन २३ गते हुने र त्यहाँ छनोट हुनेलाई फिनालेसम्मको यात्रा तय गराइने भएको छ ।
ग्रान्ड फिनाले कार्तिक १४ गते आयोजना हुने रिबन इन्टरटेनमेन्टका सिइओ निशुकान्त झाले जानकारी दिए । प्रतियोगितामा सहभागी हुन उचाइ र तौलको मापदण्ड नरहेको र विवाहित मात्र नभई सम्बन्धविच्छेद तथा एकल महिलाले पनि आवेदन दिन सक्ने उनले बताए ।
आवेदन फारम खल्ती एप वा रिबन इन्टरटेनमेन्टको आधिकारिक वेबसाइटमार्फत भर्न सकिने छ ।







प्रतिकृया दिनुहोस