हराएका मेयर मृत भेटिए

कपिलवस्तु । शुक्रबार साँझ साढे ५ बजेदेखि सम्पर्कविहीन भएका कपिलवस्तु नगरपालिकाका पूर्वनगरप्रमुख किरण सिंह जंगलमा मृत फेला परेका छन् ।

उनी हराएको स्थानदेखि ६/७ सय मिटर उत्तरतिर उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दीपक कुँवरले बताए । स्थानीयले खोजी गर्ने क्रममा आइतबार १२ बजेतिर शव फेला पारेका थिए । सिंह तौलिहवा-गोरुसिंगे सडकखण्डअन्तर्गत बुद्धभूमि नगरपालिकास्थित ढेकरी जंगलबाट सम्पर्कविहीन भएका थिए ।

शुक्रबार साँझबाटै उनको खोजी भइरहेको थियो । शनिबार गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको के नाइन शाखाबाट तालिमप्राप्त कुकुर र ड्रोन उडाएर खोजी गर्दा पनि उनी भेटिएका थिएनन् ।

कपिलवस्तु नगरपालिका वडा नं ३, ढेवानगढिया निवासी ६५ वर्षे सिंह २०७४ मा कांग्रेसबाट नगर प्रमुख पदमा विजयी भएका थिए । २०५४ मा कांग्रेसबाट सिंह नगर उपप्रमुखमा विजयी भएका थिए । ०७९ को स्थानीय निर्वाचनमा भने नगर प्रमुख पदमा पराजित भएका थिए । पूर्वनगरप्रमुख सिंह ढकेरीमा व्यावसायिक कृषि फर्म खोल्ने तयारी गर्दा यो ज‌ंगलमा आउनेजाने गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर