प्रहरी इन्चार्ज नै मध्यरातमा होटेलबाट रङ्गेहात पक्राउ
काभ्रे । काभ्रेपलान्चोकको नामोबुद्द-४ मा रहेको प्रहरी चौकी भकुण्डेका इन्चार्ज गणेशप्रसाद श्रेष्ठ मध्यरातमा रङ्गेहात पक्राउ परेका छन् । उनलाई स्थानीयले होटेलबाट युवतीसहित रङ्गेहात नियन्त्रणमा लिएका हुन् ।
नियन्त्रणमा लिने क्रममा स्थानीयले उनलाई युवतीसँग के नाता पर्छ ? भन्दै प्रश्न गरेकाे भिडियाेमा सुनिन्छ ।
स्थानीय नमोबुद्ध होटलबाट मध्यरातमा युवतीसहित स्थानीयले रङ्गेहात समातेर जिल्ला प्रहरी कार्यालय धुलिखेलमा बुझाएका हुन् । श्रेष्ठ गत जेठमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकबाट उत्कृष्ट प्रहरी घोषित भएका थिए ।
जिम्मेवारी र मर्यादा बिर्सेर कानुनविपरीत कार्य गरेको भन्दै स्थानीयले श्रेष्ठलाई नियन्त्रणमा लिएका थिए । स्थानीयले नियन्त्रणमा लिएपछि जिल्ला प्रहरी कार्यालय धुलिखेलको प्रहरी टोलीले श्रेष्ठलाई जिल्ला ल्याएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका प्रमुख एसपी रबिन कार्कीका अनुसार स्थानीयले खबर गरेपछि श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय धुलिखेल ल्याइएको हो ।
स्थानीयले युवतीलाई समेत प्रश्न गरेका छन् ।







प्रतिकृया दिनुहोस