बागमतीमा मुख्यमन्त्री थापाले पाए विश्वासकाे मत
काठमाडाैं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले संसदीय मर्यादा विपरीत संसद्बाट विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार संसद्बाट सरकार टिकाउन आवश्यक ५३ मत भन्दा बढी मत प्राप्त गरेका हुन्।
उनले प्रदेशसभाको कुल उपस्थित ५७ सांसद मध्ये सबै मत पाएका हुन् । मौजुदा संसद्को १०४ सदस्य मध्ये मुख्यमन्त्री थापाको विश्वासको मत सम्बन्धी प्रस्ताव माथिको छलफलमा सत्तारुढ ३ दलका ५८ सांसद मात्र उपस्थित रहेका थिए ।
विपक्षी दल कांग्रेसका ३६, नेमकिपाका ३ र हानेपाका २ सांसद बैठक बहिस्कार गर्दै सहभागी भएका थिएनन्। सरकार साझेदार दल राप्रपाका ५ सांसद पनि बैठकमा सहभागी भएनन्।
मुख्यमन्त्री थापाले राप्रपाका ७, नेकपाका २६ र एमालेका २६ मध्ये २५ जनाको विश्वासको मत प्राप्त गरेका हुन्। एमालेबाट उपसभामुख सहित २५ सांसद रहेकाले उपसभामुखले मत विभाजनमा सहभागिता जनाइनन्।
विपक्षीको बहिस्कारका कारण उनको विश्वासको मत माथिको प्रस्तावको विपक्ष वा तटस्थमा कुनै पनि मत परेको थिएन।






प्रतिकृया दिनुहोस