रविका पूर्व सिइओ रहेको कम्पनी र इम्पेरियल ईन्जिनियरिङ कलेजबीच सम्झौता
भक्तपुर । भक्तपुरको ताथलीस्थित इम्पेरियल कलेज अफ इन्जिनियरिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेका पूर्व CEO हेमन्त बराल आबद्ध Codavatar Tech बीच विद्यार्थीलाई उद्योगसँग जोड्ने उद्देश्यले समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ।
कलेजको Immersive Engineering Visualization Room मा सोमबार आयोजित कार्यक्रममा कलेजका अध्यक्ष डा. अर्जुन कुमार सिंह , नेपाल इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार इं डा. खेमराज जोशी , एकाडेमिसियन अशोक चौधरी लगायतको उपस्थितिमा उक्त समझदारीपत्रमा हस्ताक्षर गरिएको हो।
सम्झौताअनुसार Codavatar Tech ले कलेजका बीई कम्प्युटर तथा बीई इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसनका विद्यार्थीलाई उद्योगमूलक तालिम, संरचित इन्टर्नशिप तथा वास्तविक परियोजनामा काम गर्ने अवसर उपलब्ध गराउनेछ। यसबाट विद्यार्थीले कक्षाकोठामा प्राप्त सैद्धान्तिक ज्ञानलाई व्यावहारिक परियोजनामार्फत प्रयोग गर्ने अवसर पाउने कलेजका प्रिन्सिपल इं दिपेन्द्र जम्कट्टेलले जानकारी दिए ।
Codavatar Tech नेपालबाट अन्तर्राष्ट्रिय बजारमा प्रविधि तथा सफ्टवेयर सेवा प्रदान गर्दै आएको कम्पनी हो। कम्पनीको इन्जिनियरिङ टिमले KrispCall, Dialaxy र Tivazo लगायतका प्रविधि उत्पादनमा काम गर्दै आएको कलेजले जनाएको छ।
यसैगरी, कलेजले Draftech Global सँग पनि समझदारी गरेको छ। Draftech Global ले CAD Drafting, BIM Modelling तथा Engineering Documentation लगायतका क्षेत्रमा अन्तर्राष्ट्रिय ग्राहकका लागि काम गर्दै आएको छ। उक्त सहकार्यबाट बीई सिभिलका विद्यार्थीले वास्तविक ड्रइङ सेट, BIM मोडलिङ तथा इन्जिनियरिङ दस्तावेजीकरणसँग सम्बन्धित व्यावहारिक अनुभव हासिल गर्ने अवसर पाउनेछन्।
कलेजले यी सहकार्यलाई ‘Industry from Year One’ अवधारणासँग जोडेको छ। विद्यार्थीलाई अध्ययनको अन्तिम वर्षमा मात्र नभई पहिलो वर्षदेखि नै उद्योग, कार्यस्थल र वास्तविक परियोजनासँग परिचित गराउने उद्देश्य रहेको कलेजको भनाइ छ।
कलेजका Academic Director इन्जिनियर रुपेश यादवका अनुसार इम्पेरियल कलेजले उद्योग तथा व्यावसायिक संस्थासँगको सहकार्यलाई थप विस्तार गर्दै लगेको छ। उनका अनुसार Luna Builders, नयाँ दिल्लीस्थित Absolute Projects लगायतका संस्थासँग समेत सहकार्य तथा साझेदारीलाई व्यावहारिक रूपमा अघि बढाउने काम भइरहेको छ।
यस्ता सहकार्यले विद्यार्थीको प्राविधिक तथा व्यावहारिक सीप विकाससँगै इन्टर्नशिप, परियोजना अनुभव र स्नातकपछि रोजगारीका सम्भावना विस्तार गर्न सहयोग पुग्ने कलेजको अपेक्षा छ।
इम्पेरियल कलेज अफ इन्जिनियरिङ त्रिभुवन विश्वविद्यालयसँग आबद्ध रही IOE पाठ्यक्रमअनुसार बीई सिभिल, बीई कम्प्युटर तथा बीई इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन अध्यापन गराउँदै आएको छ। कलेजले शैक्षिक सत्र २०८३/८४ का लागि नि:शुल्क होस्टल सुबिधार बिबिध आकर्षक छात्रवृति राखेर भर्ना खुला गरेको जनाएको छ।






प्रतिकृया दिनुहोस