'विद्युत प्राधिकरणले सुविधा कटौती गर्दैन'

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले उपभोक्तालाई दिइने बिजुलीमा कटौती हुन नदिने स्पष्ट पारेको छ ।  

बुधबार प्राधिकरण पुगेर पदभार ग्रहण गरेपनि कार्यकारी निर्देशक श्रेष्ठले प्राकृतिक विपद्का कारण प्रणालीबाट करिब ४५० देखि ५०० मेगावाट विद्युत् बाहिरिएको अवस्था रहेपनि उपभोक्तालाई दिइने बिजुलीमा कटौती हुन नदिने स्पष्ट पारे ।

उत्पादन र मागबीच बढ्दै गएको अन्तर व्यवस्थापन गर्नु प्राधिकरणको मुख्य चुनौती रहेको भन्दै उहाले बर्खायामको अतिरिक्त बिजुली व्यवस्थापन र विपद्पछिको पुनर्निर्माणलाई प्राथमिकतामा राखिएको बताए । नागरिकले चाहेको गुणस्तरीय बिजुली र निरन्तर आपूर्ति नै प्राधिकरणको मुख्य लक्ष्य रहेको उनले बताए।

उनले उत्पादनतर्फ निजी क्षेत्रको ठूलो योगदान रहेकाले अब प्राधिकरणले ठूला जलाशययुक्त आयोजनाहरूका साथै प्रसारण लाइन र वितरण प्रणालीको सुदृढीकरणमा ठूलो लगानी गर्नुपर्ने खाँचो रहेको धारणा राखे ।  

मन्त्रिपरिषद्को असोज २ गते शुक्रबार बसेको बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशक पदमा नियुक्त गरेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर