नेकपा उपत्यका प्रदेशकाे प्रशिक्षण मंसिर १२ मा

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी उपत्यका प्रदेस समितिद्वारा आगामी मंसिर १२ गते वृहत् प्रशिक्षण कार्यक्रम सञ्चालन गरिनेभएको छ। कार्यक्रमलाई नेकपा संयोजक पुष्पकमल दाहाल'प्रचण्ड' र सहसंयोजक माधवकुमार नेपालले विशेष सम्वोधन गर्ने आयोजकले जनाएका छन्।

पार्टीद्वारा सञ्चालित दुई महिने राष्ट्रिय जागरण अभियान अन्तर्गत उपत्यका प्रदेशका अगुवा कार्यकर्ताहरुलाई एकीकृत रुपमा प्रशिक्षित् गर्न सो कार्यक्रम आयोना गरिएको इन्चार्ज हितमान शाक्यले जानकारी दिए।

आइतबार लैनचौरमा  वसेको प्रदेश कार्यसंयोजन समितिको बिस्तारित वैठकको निर्णय अनुसार सो प्रशिक्षण कार्यक्रममा उपत्यका प्रदेश अन्तर्गतका सबै महाशाखा , शाखा, उपशाखा र पार्टी सदस्यले भाग लिने तय भएको प्रदेश संयोजक विष्णु लामिछानेले वताए।

गत कार्तिक ७ गते उद्घाटन गरिएको राष्ट्रिय जागरण अभियानलाई आफ्नो कार्यक्षेत्रमा तीब्रताका साथ अघि वढाइएको सहसंयोजक जगत सिंखडाले वताए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर