• बिहीबार ५-५-२०७६/Thursday 08-22-2019/ 09:28 pm

सेयर बजार : ५ लाख बढीको कारोवारमा प्यान अनिवार्य 

काठमाडौं ।  सेयर कारोवारमा आजदेखि स्थायी लेखा नम्बर (प्यान) लागू भएको छ । नेपाल धितोपत्र बोर्डको आग्रहमा नेपाल स्टक एक्सचेञ्जले आजदेखि धितोपत्रको कारोवारमा प्यान लागू गरेको हो । 

पाँच लाखभन्दा माथिको सेयर कारोबारमा प्यान लागू भएको हो । पाँच लाखभन्दा कम कारोवार गर्नेलाई भने प्यान लागू हुने छैन । धितोपत्रको दोस्रो बजारमार्फत कारोवार गर्नका लागि बोर्डले गत कात्तिक १२ गते आवश्यक निर्णय गरी कार्यान्वयनका लागि स्टकलाई निर्देशन दिएको थियो । सोही आधारमा लगानीकर्ताको सहजीकरणका लागि स्टकले स्थायी लेखा नम्बर दर्ता सहजीकरण डेस्कसमेत खडा गरेको थियो । 

पछिल्लो पटक चैत १२ गते लगानीकर्ताको माग र सरोकार भएका निकायको ध्यानाकर्षणपछि रु पाँच लाखभन्दा कम कारोवार गर्नेलाई भने ऐच्छिक रुपमा मात्रै प्यान लागू हुने व्यवस्था गरिएको छ । सेयर बजारलाई थप व्यवस्थित बनाउने लक्ष्यका साथ प्यान लागू गरिएको स्टकले जनाएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

२२२ स्थानीय तहमा पुग्यो ९० प्रतिशत भन्दा बढी बिजुली

  • ५ भदौ, २०७६

काठमाडौं । मुलुकभरका ७५३ स्थानीय तहमध्ये २२२ मा ९० प्रतिशभन्दा बढी विद्युत् पुगेको छ ।  नेपाल विद्युत प्राधिकरणले मुलुकभरका स्थानीय तहका

संसदीय समिति बैठकमा उद्योगमन्त्री यादव जंगिएपछि...

  • ५ भदौ, २०७६

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले सम्बन्धीत मन्त्रीको उपस्थितिमा मात्रै मन्त्रालय र त्यससंग सम्बन्धीत विषयको निर्णय

नेपाली बजारमा भित्रियो हुण्डाईको 'भेन्यू' , कस्तो छ विशेषता ?

  • ५ भदौ, २०७६

काठमाडौं । हुण्डाई गाडीको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ मोडलका हुन्डाई भेन्यू गाडी नेपालमा भित्र्याएको छ । नाडा