उद्योगीलाई सरकारले सहयोग गर्छ : अर्थमन्त्री

विराटनगर । अर्थमन्त्री डा युवराज खतिवडाले उत्पादन क्षेत्रमा अधिक लगानी गरेका उद्यमी र पूर्वाधार निर्माणमा संलग्न कम्पनीलाई सहयोग गरिने बताएका छन् ।

मोरङ व्यापार सङ्घद्वारा शुक्रबार आयोजित आर्थिक वर्ष २०७६/०७७ को बजेट राजश्व नीति कार्यक्रम तर्जुमासम्बन्धी छलफलमा उनले उद्यमी र व्यवसायीलाई बैंकमा निक्षेप बढाएमा बैंकले ऋणको ब्याजदर घटाउने बताए ।

सरकारले सम्पूर्ण अर्थतन्त्रमा उद्योगीको भागीदारी हुनुपर्छ भन्ने सोचअनुसार कार्य गरिरहेको छ भन्दै अर्थमन्त्री खतिवडाले सर्वसुलभ मूल्यमा जनतालाई वस्तु उपलब्ध गराई आन्तरिकरुपमा प्रतिस्पर्धी हुने उद्योगलाई सरकारले सशर्त संरक्षण गर्ने बताए ।

सरकारले नेपाललाई विश्वका सस्ता र गुणस्तरहीन वस्तुको प्रयोगस्थल हुन नदिन चाँडै नै एन्टिडम्पिङ कानून ल्याउने बताउँदै उनले विश्व बजारमा सस्तो मूल्यका वस्तु धुलो दूध, घ्यू र चिनीलगायतका अन्य २० प्रकारका वस्तु आयातमा रोक्नका लागि निश्चित भन्सार मूल्याङ्कन दर कायम गरेको बताए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर