पर्यटकको रोजाईमा पर्दै एसियाको दोश्रो अग्लो 'पचाल झरना'

सुर्खेत । नेपालको सबै भन्दा अग्लो र एसियाको दोश्रो अग्लो कालिकोटको पचाल झरना अहिले आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । 

यसअघि नेपालको सबै भन्दा अग्लो झरनाको रुपमा तेह्रथुमको ह्यातुङ झरना स्थापित थियो । अहिले सरकारले नै नेपालको सबै भन्दा अग्लो झरनाको रुपमा कालिकोटको पचाल झरनालाई मान्यता दिएको छ । कालिकोटको सदरमुकाम बाट उत्तरपश्चिममा पर्ने सो झरना २६ किलोमिटर टाढा रहेको छ ।

सुरुमा यो झरनालाई छहराको रुपमा स्थानिय चिन्दथे भने यो झरना भित्र भुतहरुको बास स्थान भएकोले यहाँका स्थानिय यसलाई पहिले–पहिले भुतिनी छहराको रुपमा नामाकरण गर्ने गर्दथे । जुन समयमा स्थानियले यो झरनालाई भुतहरुको बास स्थान भएको बिश्वास गर्ने गर्दथे त्यो समयमा त्यहाँका स्थानियलाई यो झरना पनि एक प्राकृतिक सम्पदाको रुपमा स्थापित हुन्छ भन्ने थाहा नै थिएन । 

अहिले सम्म कुनै पनि आन्तरिक र बाह्य पर्यटकको रोजाईमा नपरेको नेपालको सबै भन्दा अग्लो पचाल झरनामा स्थानिय सरकारको गठन पछि आन्तरिक पर्यटकहरु आउन थालेको पचाल झरना गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले जानकारी दिए । 

झरनाको बिकासको लागि स्थानिय सरकारले पनि ध्यान दिएको उनले जानकारी दिए । अध्यक्ष सेजुवालले भने, ‘हामीले अहिले पहिलो चरणमा बाटोलाई प्राथमिकता दिएका छौ पछि झरनाको बेस क्याममा होमस्टेको पनि तयारी गरेका छौ अहिले भने यहाँसम्म आउनको लागि पर्यटकलाई बाटोको समस्या छ अबको एक बर्ष पछि यो समस्या हामी स्थानिय सरकारको तर्फबाट हल गर्ने छौ र आउने पर्यटकलाई बास स्थानको लागि केहि समस्या पर्ने छैन ।’

झरना हेर्नको लागि सुर्खेतबाट पचालझरनाको बेस क्याम सम्म पुगेका डाक्टर डम्वर खड्का र नवराज केसीको टोलीले भने हिड्दा खेरी बाटो अलि अप्ठ्यारो भए पनि तर जब झरनाको मनमोहक दृष्य हेर्दा बाटोको अप्ठ्यारोको सबै दुखलाई भुलेको बताए । 

डाक्टर खड्काले भने, ‘नेपालको सबै भन्दा सुन्दर प्रदेश भनेको नै कर्णाली प्रदेश हो यहाँ जो कोहिले पनि एक पटक  घुम्न जरुरी छ ।’इतिहासमा पहिलो पटक आन्तरिक पर्यटकको रोजाइमा परेको नेपालको सबै भन्दा अग्लो र एसियाको दोश्रो झरनाको रुपमा परिचित यो झरनालाई सबै भन्दा पहिले हामीले नै हेर्न जरुरी भएको गाँउपालीका अध्यक्ष सेजुवालले बताए । 

झरना  हेर्न आउने जो कोहिलाई पनि खानाको र बस्नको लागी कुनै पनि कमी हुन नदिने पचालझरना गाँउपालिका वडा नं. ३ का वडा अध्यक्ष लोकजन कठायत प्रसिद्धले बताए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर