सुदूरपश्चिमको बजेट अधिवेशन बुधबारबाट सुरु हुने

धनगढी । सुदूरपश्चिम प्रदेशको बजेट अधिवेशन भोलि (बुधबार) सुरु हुँदै छ ।

प्रदेश सरकारको बैशाख २६ गते निर्णय अनुसार जेठ १ गते दिउँसो ३ बजे बजेट अधिवेशनको पहिलो बैठक आव्हान गरिएको हो । सुदूरपश्चिम प्रदेश सभाका सभामुख अर्जुनबहादुर थापाले प्रदेश सरकारको मन्त्री परिषद्को निर्णय अनुसार प्रदेश प्रमुख मोहनराज मल्लले प्रदेश सभाको बजेट अधिवेशन बोलाउन सिफारिस पठाएको बताए ।

प्रदेश सभाको बजेट अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्ट, प्रतिपक्षी दलका नेता लगायतले अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्ने कार्यसूचि रहेको सभामुख थापाले बताए । प्रदेश सभाको पहिलो बैठकमा मुख्यमन्त्री भट्ट, संसदीय दलका नेता र सांसद्हरुले आर्थिक वर्ष २०७६÷०७७ को बजेट तथा कार्यक्रम बारे धारणा राख्ने छन् ।

प्रदेश सभा बैठकमा प्रादेशिक औद्योगिक व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ समेत टेबुल हुने बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर