नेप्सेमा तीव्र उतारचढाव, कारोबारमा उछाल

काठमाडौं । बुधबार सेयर बजारमा निकै उतारचढाव देखिएको छ । शुरुवाती डेढ घण्टामा स्थिर जस्तै रहेको बजार त्यसपछि भने उकालो लागेको थियो । 

एक हजार ३ सय १६ को बिन्दुबाट कारोबार खुलेको आजको बजार दिउँसो साढे १ बजे अर्थात कारोबारको खाढे दुई घण्टा पश्चात आजको सर्वाधिक उच्च बिन्दु १ हजार १ सय ३३ सम्म पुगेको थियो । त्यसपछि क्रमिक ओरालो लागेको बजार अन्त्यमा ५ दशमलव ५५ अंकले घटेर १ हजार ३ सय २१ को बिन्दुमा पुगेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज १७२ कम्पनीको एक अर्ब ३३ करोड तीन लाख १४ हजार २४७ रुपैयाँको सेयर किनबेच भएको छ । 

यस दिन सबैभन्दा बढी नेपाल क्रेडिट एण्ड कमर्स बैंकको सेयर किनबेच भएको छ । बैंकको १४ करोड ८२ लाख ३६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।  त्यस्तै नेपाल बैंक र शिवम् सिमेन्टको १३ करोडभन्दा बढीको सेयर कारोबार भएको छ । 

यसदिन सर्वाधिक कमाउनेमा नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका लगानीकर्ताहरु रहेका छन् । कम्पनीको सेयरभाउ ७ दशमलव ९७  प्रतिशतले बढेको छ ।  यता, सर्वाीधक गुमाउनेमा हिमालयन डिस्टीलरीका लगानीकर्ताहरु रहेका छन् । कम्पनी सेयर मूल्य आज ६ प्रतिशतले घटेको छ ।  

यस दिन बाह्रवटा उपपरिसुचकहरुको कारोबार भएकोमा छ यपसूचक नकारात्मक रहेका छन् भने छ उपसुचक  सकारात्मक रहेका छन् । 

त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक २ दशमलव ५१ अंकले बढेर २ सय ८२ दशलमव २५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर