• मंगलबार २-७-२०७६/Tuesday 05-21-2019/ 03:03 am

सुदूरपश्चिम प्रदेशभामा बजेट अधिवेशन सुरु, उद्योग विकास सम्बन्धी विधेयक प्रस्तुत

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन बुधबार शुरु भएको छ । बुधबार शुरु भएको अधिबेशनको पहिलो बैठकमा सभामुख अर्जुन बहादुर थापाले प्रदेश प्रमुख मोहनराज मल्लले प्रदेश सभाको चौथो अधिबेशन आह्वान गरेको पत्र सभामा पढेर सुनाए ।

अधिवेशनको शुरुवातमा सत्तापक्षका तीन जना, प्रमुख प्रतिपक्षी दलका दुई जना र प्रतिपक्षी दल राजपाका एक जना प्रदेश सांसदले शुभकामना व्यक्त गरे । बुधबारको बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले सुदूरपश्चिम प्रदेशमा औद्योगिक विकास सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक २०७६ प्रदेश सभामा टेबुल गरे । 

विधेयक टेबुल हुनुपूर्व विशेष समयमा बोल्दै सत्तापक्ष नेकपाका प्रमुख सचेतक तारा लामा तामाङले बजेट अधिवेशन प्रारम्भ भएकोले चालू आर्थिक बर्षमा जस्तो बजेट खर्च गर्न नसक्ने अवस्था आगामी आर्थक बर्षमा नआउने विश्वास व्यक्त गरे । उनले नेपालको केन्द्रीय सत्ताको सुदूरपश्चिमलाई हेर्ने दृष्टिकोणमा अझै पनि परिवर्तन आउन नसकेको बताए । 

यस्तै नेकपामा अर्का सासंद बीरमान चौधरीेले ककेन्द्रीय सत्ताले सुदूुपश्चिमलाई उपेक्षा गरेका कारण नै संघीयताको जन्म भएकोले बलिदानबाट प्राप्त ब्यवस्थाको रक्षार्थ सबै एकजुट हुनुपर्ने बताए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता डा। रणबहादुर रावलले प्रदेश सरकारले चालू आर्थिक बर्षमा १० महिना पुरा हुँदा सम्म जम्मा १३ प्रतिशत मात्रै पूजीगत बजेट खर्च गर्न सकेकोले सरकारको खर्च गर्न सक्ने क्षमतााथि प्रश्न उठेको भन्दै आलोचना गरे ।

नेपाली कांग्रेसकै सासंद भरत बहादुर खड्काले सरकारले योजनाहरु बितरण गर्दा र उपभोक्ता समितिहरु बनाउँदा आर्थिक अनुशासन कायम नरहने गरी काम गरिरहेको आरोप लगाए ।

उनले सरकारले स्वच्छन्द भएर काम गर्न थालेकोमा चिन्ता ब्यक्त गर्दै संसदबाट सुशासन विधेयकक पारित गरिएपनि, तयो विधेयक पारित भएपछि केही सकारात्मक कुरा सुन्न पाइएला भन्ने आशा गरेकोमा परिणाम उल्टो आएको बताए ।

राजपाकी सासंद मालामति रानाले प्रदेश सरकारको कामकाज गराईले सासंदहरु निराश हुनुपर्ने अवस्था आएको बताए ।

सरकारको नीत तथा कार्यक्रम तथा बजेट समेत प्रस्तुत हुने यस अधिबेशनमा बजेटका सिद्धान्तहरु माथि छलफल हुने छ । प्रदेश सभाको अर्को बैठक बिहीबार दिउँसो ३ बजे बस्ने छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सुदूपश्चिम प्रदेश सभामा प्रि–बजेट माथिको छलफल सुरु

  • ६ जेठ, २०७६

धनगढी ।  सुदूरपश्चिम प्रदेश सभामा पूर्व बजेट माथिको छलफल सुरु भएको छ । जेठ २ गते आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले आगामी आर्थिक बषेको

भीमदत्त नगरपालिकामा माटो परीक्षण घुम्ती शिविर

  • ६ जेठ, २०७६

महेन्द्रनगर । भीमदत्त नगरपालिकामा घुम्ती माटो परीक्षण शिविर अभियान सञ्चालन गरिएको छ । भीमदत्त नगरपालिका कार्यालय र प्रधानमन्त्री कृषि आधुनिकीरण

बजेट अधिवेशन जेठ १३ गतेबाट सुरु हुने

  • ५ जेठ, २०७६

विराटनगर । प्रदेश सभाको चौथो अधिवेशन जेठ १३ गतेदेखि सुरु हुने भएको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश सभाको चौथो अधिवेशन जेठ १३ गते