एक अर्बको ऋणपत्र जारी गर्दै प्रभु बैंक, कति पायो रेटिङ ?
काठमाडौं । प्रभु बैंकले एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले निष्काशन गर्न लागेको उक्त ऋणपत्रलाई केयर रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी एलबीबीबी’ रेटिङ प्रदान गरेको छ ।
बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा कुल १० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । यसमध्ये ४ लाख इकाई सर्वसाधारणका लागि निष्काशन हुनेछ । बाँकी ६ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
बैंकले १० वर्ष अवधिको ‘१० प्रतिशत प्रभु बैंक डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यो ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याजदर प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
ऋणपत्र निष्काशनका लागि बैंकले सनराइज क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गर्नेछ ।
प्रतिकृया दिनुहोस