सुनको मूल्य हालसम्मकै उच्च, किन्नेभन्दा बेच्ने धेरै

काठमाडौं । नेपाली बजारमा छापावाल सुनको मूल्य हालसम्मकै उच्च पुगेको छ । बिहीबार सुनको मूल्य १ हजार रुपैंया बढेसंगै सूनको मूल्य हालसम्मकै उच्च भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ६३ हजार रुपैयाँ प्रतितोला खरिद÷बिक्रि भइको सिनको मूल्य बिहीबार १ हजार बढेर ६४ हजार पुगेको हो । 

अन्तर्राष्ट्रिय बजारमा वृद्धि भएको सुनको मूल्य र सरकारले बजेटमा सुनको आयातमा भन्सारको दर बढाएका कारण मुल्यवृद्धि भएको हो । अमेरिका र इरान तथा अमेरिका र चीनबीच देखिएका तनावका कारण लगानीकर्ता सुनमा आकर्षित भएपछि माग बढी हुँदा पनि मूल्य बढेको हो । 

यसअघि नेपालमा २०७० साल भदौ १२ गते सुनको प्रतितोला मूल्य सबैभन्दा धेरै ६३ हजार ३०० रुपैयाँ कायम भएको थियो । त्यसपछि २०७५ साल फागुन ८ गते पनि सुनको मूल्य ६३ हजार ३०० नै कायम भएको थियो ।

मूल्य आकाशिएपछि बजारमा सुन किन्ने ग्राहक अत्यन्तै न्यून संख्यामा देखिएका छन् भने सुन बेच्ने ग्राहकहरुको संख्या बढेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर