गण्डकीका सबै सांसदले स्वकीय सचिव राख्न पाउने

पोखरा । आगामी आर्थिक बर्षको सुरु देखि नै गण्डकी प्रदेशका सबै सांसदहरुले स्वकीय सचिव राख्न पाउने भएका छन् । सरकारले बजेटमै सांसदका स्वकीय सचिवलाई तलव सुविधाको ब्यवस्था गरिदिएको छ ।

‘नायवसुब्बा स्तरका ब्यक्तिलाई स्वकीय सचिवमा नियुक्त गर्न पाउनुहुनेछ । बजेटमा त्यसको ब्यवस्था भैसकेको छ,’ सरकारका प्रबक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले भने, ‘अव मन्त्रीपरिषद् बैठक बसेर निर्णय गर्छ । सुविधासम्बन्धी ऐन संशोधन गर्छ । त्यसपछि सचिव राख्ने बाटो खुल्छ ।’

सरकारले प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक तथा सेवा सुविधाको लागि छुट्टै ऐन बनाएको छ । उनीहरुको सुविधा थप गर्दा ऐन संशोधन गर्नुपर्छ । आगामी मन्त्रीपरिषद् बैठकबाट ऐन संशोधन गरिने बस्नेतले जानकारी दिए ।

पहिले नै सचिवको सुविधा लिएका सांसदहरुलाई चाहीँ यो लागू हुँदैन । सभामुख, उपसभामुख, विपक्षी दलका नेताले स्वकीय सचिवको सुविधा पाईसकेका छन् । प्रमुख सचेतक र संसदीय समितिका सभापतिहरुलाई अरु सुविधा दिईएपनि स्वकीय सचिव राख्ने सुविधा दिईएको छैन ।

उनीहरुले सांसदले पाउने भन्दा एक तह माथीको स्वकीय सचिव दिनुपर्ने माग राखेका छन् । यद्यपी त्यसलाई सम्बोधन गर्न कठिन हुने सरकारले जनाएको छ । सभापति र सचेतकलाई पनि सांसदकै सुविधाअनुसार नासु स्तरको स्वकीय सचिवको सुविधा दिन लागिएको हो । प्रदेशका सांसदमध्ये ४९ जनालाई यो सुविधा हुने छ । बाँकीले यसअघि नै लिईसकेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर