शान्तिपूर्ण मसाल जुलुसमा  प्रहरीको हस्तक्षेप

सुर्खेत । नेपाल आदिवासी जनजाती जिल्ला समन्वयन परिषद सुर्खेतको नेतित्वमा आज भएको  शान्तिपूर्ण मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ ।

सदिऔं देखि नेपाल आदिवासी जनजाती, दलित, मुस्लिम, अपांग,महिला र पीछडा बर्गहरुले लोकसेवा आयोगमा पाउदै आएको आरक्ष सिटहरुलाई संविधानको मुल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरित लोकसेवा आयोगले सुचना प्रकाशित गरी नेपाल भित्रै बसोवास गर्ने नेपालीहरुलाई सरकारले अपहेलना गरेको कारणले केन्द्रिय कार्यक्रम अन्तर्गत आफूहरुले चरणबद्ध आन्दोलन गर्न बाध्य भएको नेपाल आदिवासी जनजाती जिल्ला समन्वयन परिषद सुर्खेतका अध्यक्ष पञ्चसिंह रोकायले कोण सभामा बताए ।

संविधानको मुल मर्म र समानुपातिक समावेशी शिद्धान्त विपरित लोकसेवा आयोगले प्रकाशित गरेको असमावेसी विज्ञापन र प्रकृया तुरुन्त रद्द गरी आरक्षण सुनिश्चितता सहितको विज्ञापन अविलम्ब पुनः प्रकाशित गराउनका लागि विभेदकारी सरकारको विरुद्धमा आदिवासी जनजाति, मधेशी, दलित, मुस्लिम, महिला, अपांगता भएका व्यक्ति,पिछडिएको क्षेत्रले  असार २९ गते (आज) दोस्रो चरणको आन्दोलन अनुशार मसाल जुलुस सम्पन्न भएको र भोली सिटी जुलुुस गर्नै महासंघले जानकारी दियो ।

यसै गरी भोली ३० गते साँझ सिट्ठी जुलुस,३१ गते जुलुस सहित विशाल र्याली प्रदर्शनी ,साउन २ र १० गते नेपाल बन्द गरी थप आन्दोलनका कार्यक्रमहरु अगाडी बढाइने नेपाल आदिवासी जिल्ला समन्वय परिषदका अध्यक्ष पञ्चसिंह रोकायले जानकारी दिए ।

आज सम्मपन्न भएको मसाल जुलुसमा  जनजाति, आदिवासी, दलित, अपांग, मधेशी, मुस्लीम, पिछडा वर्गका अगुवाहरुको सहभागिता रहेको थियो ।

मसाल जुलुस स्थानिय मंगलगढी, बाट निकालेर कोण सभा गरी सम्पन्न भएको थियो भने अन्य दुईवटा  जुलुस शनिहल लाईन र खोर्केलाईनबाट निकालेर वीरेन्द्रचौकमा कोण सभामा गरी सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर