विकासका योजना अघि सार्दै पाल्पाको रम्भा गाउँपालिका

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकाले चालु आर्थिक वर्षमा उज्यालो रम्भा गाउँपालिका बनाउने घोषणा गरेको छ । 

गाउँपालिकाले उज्यालो गाउँपालिका बनाउन चालु आर्थिक वर्षमा  एक लाख बजेट विनियोजन गरेको छ भने अघिल्लो दुई वर्षमा ४ सय ८४ विद्युतका पोल समेत गाउँपालिकाले खरिद गरिसकेको छ । त्यसका लागि विद्युत् प्राधिकरणसँग एक हजार पोल माग गरेको छ । गाउँपालिका प्रत्येक वडाका घरमा विद्युतको पहुँच रहेकोले चालु आवमा टुकीरहित उज्यालो गाउँपालिका बनाउन लागेको गाउपालिका अध्यक्ष विष्णु भण्डारीले बताए ।

यसैगरी बालमैत्री, खरको छानामुक्त, पूर्ण सरसफाईयुक्त गाउँपालिका घोषणा गर्ने गरी कार्यक्रम भईरहेको अध्यक्ष भण्डारीले जानकारी दिए  ।

खरको छाना हटाउनका लागि ७० लाख बजेट विनियोजन गरिएको छ । बाँकी रहेको खरका छानालाई पुग्ने गरी बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले बताए ।

गाउँपालिका आलुमा आत्मनिर्भर भएको र तरकारी खेतीका लागि पनि टनेल, स्मार्ट कृषि गाउँ लगायतका कार्यक्रम चलेको उनले अध्यक्ष भण्डारीले बताए । रम्भा गाउँपालिकाले आर्थिक वर्ष ७६।७७ को वजेट एंव निति तथा कार्यक्रम गाउँपालिका कार्यालयमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले ४० करोड २२ लाख भित्र रहेर वार्षिक बजेट तयार भएको बताए । संघको सशर्त अनुदान तर्फ १४ करोड, प्रदेशको सशर्त अनुदान तर्फ ८० लाख, संघको राजश्व वाँडफाँड ६ करोड ५१ लाख, प्रदेशको राजश्व बाँडफाँड ५२ लाख ८९ हजार रुपैयाँ रहेको जानकारी दिए ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर