प्रभास र श्रद्धाको ‘साहो’को गीत सार्वजनिक

काठमाडौं । बहुप्रतिक्षित बलिउड फिल्म ‘साहो’को ‘इन्नी सोनी’ गीत सार्वजनिक भएको छ । गीतमा बहुबली स्टार प्रभास र श्रद्धा कपूर फिचर्ड छन् ।
फिल्ममा प्रभास र श्रद्धासँगै नील नितिन मुकेश, अरुण विजय, ज्याकी श्राफ, मन्दिरा बेदी, चंकी पाण्डे, मुरली शर्मा लगायत कलाकारको अभिनय रहेको छ । गुरु रन्धवा र तुल्सी कुमारको स्वर रहेको गीतमा गायक गुरुको शब्द रहेको छ भने रहेको छ ।
सुजितले निर्देशन गरेको फिल्म हिन्दी, तमिल, तेलगु र मलयालम चार भाषामा रिलिज गरिने छ । यो फिल्म अगस्त ३० अर्थाल भदौ १३ गते देखि रिलिज हुँदैछ ।
प्रतिकृया दिनुहोस