• बुधबार ११-१४-२०७६/Wednesday 02-26-2020/ 05:24 am

अनुमानित प्रगति र लक्ष्य भेट्न सकियो : मुख्यमन्त्री राई 

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गत आर्थिक वर्षमा अनुमान गरिएका लक्ष्य र प्रगति प्राप्त भएको बताएका छन् । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आव २०७५/७६ को मन्त्रालयगत समीक्षा तथा आव २०७६/७७ को बजेट कार्यान्वयन योजना प्रस्तुत कार्यक्रममा उनले सो कुरा बताएका छन् ।

यस किसिमको समीक्षा पहिलोपटक भएको उल्लेख गर्दै मुख्यमन्त्री राईले हाम्रो प्रगतिको कुरा कागज तथा समीक्षामा मात्र सीमित नभएर कार्यक्षेत्रमा पनि हुनुपर्ने र यसका लागि अनुगमन, कामको गुणस्तरको जाँच, नियमितता र पारदर्शीता हुनुपर्नेमा जोड र्दिए । 

गत वर्षमा कर्मचारी तथा नियम–कानुन र निर्देशिकाको अभावका साथै  संरचनागत कार्यालय नभएका कारण प्रगति उल्लेखनीय हुन नसकेको भन्ने छुट नयाँ आर्थिक वर्षमा नपाइने भन्दै उनले चालू आवको बजेटको कार्यान्वयन निर्देशिका पनि तयार गरिने जानकारी दिए । 

मुख्यमन्त्री राईले चालू आवमा ठेक्कापट्टामा लाग्ने बोलपत्र असोज महनिाभित्र सक्न र कात्तिकबाट काम सुरु गर्न मातहतका सबै मन्त्रालय, निर्देशनालय, महाशाखाका प्रमुखलाई निर्देशन दिँदै असारे विकासको मनस्थिति त्याग्न आग्रह गरेका थिए । 

कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की, आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, सामाजिक विकासमन्त्री जीवन घिमिरे, मुख्यसचिव सुरेश अधिकारी, मन्त्रालयका सचिव, निर्देशनालयका निर्देशक र महाशखाका प्रमुखको सहभागिता थियो ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

१ सय १५ औँ ‘रोटरी अन्तर्राष्ट्रिय डे’ सम्पन्न

  • १३ फाल्गुण, २०७६

झापा । रोटरी क्लब काँकरभिट्टाको दशैं चार्टर डे तथा १ सय १५ औँ रोटरी अन्तर्राष्ट्रिय डे विविध कार्यक्रमसहित सम्पन्न भएको छ । रोटरी क्लब काँकरभिट्टाको

झापामा प्रभावकारी भएन एम्बुलेन्स अनुगमन, चालकहरुको पूरानै शैली

  • १३ फाल्गुण, २०७६

झापा । झापामा सञ्चालित एम्बुलेन्सहरुलाई प्रशासनको पटक–पटकको अनुगमनले अझै छुन सकेको छैन । अझैपनि केहि एम्बुलेन्सहरु एम्बुलेन्स सञ्चालनको मापदण्ड

प्रदेश वन विधेयक–‘चिडियाखाना सञ्चालन गर्न पाउने व्यवस्था’

  • १२ फाल्गुण, २०७६

विराटनगर । प्रदेश सरकारले चिडियाखाना वा प्राणी उद्यान सञ्चालन गर्न सक्ने गरी प्रदेश कानून बनाउने प्रस्ताव गरेको छ । उद्योग पर्यटन, वन तथा वातावरण