खुल्यो सबैको लघुवित्तको सेयर कारोबार, कति पायो मुल्य रेञ्ज ?

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबारबाट शुरु भएको छ । कम्पनीको सेयर बुधबार नेप्सेमा सुचीकृत भएसँगै सेयर कारोबार खुलेको हो । 

सबैको लघुवित्तको साढे १६ लाख कित्ता सेयर बुधबार नेप्सेमा सूचीकृत भएको थियो । लघुवित्तले सर्बसाधारणमा निष्काशन गरेको ५ लाख ३० हजार कित्ता सहित १६ लाख ५० हजार कित्ता सेयर सूचीकृत भएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि सय रुपैयाँ ८८ पैसा देखि अधिकतम ३ सय २ रुपैयाँ ६४ पैसा मुल्य रेञ्ज दिएको छ । त्यस्तै कम्पनीले SABSL कारोबार संकेत समेत पाएको छ । 


लघुवित्तले साउन १ गतदेखि ५ गतेसम्म ५ करोड ३० लाख बराबरको ५ लाख ३० हजार कित्ता आईपिओ निष्काशन गरेको थियो । सो आइपिओ साउन १० गते बाँडफाँड भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर