अन्तत घटेरै बन्द भयो बजार, ४३ कम्पनीका सेयरधनीले कमाए

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार परिसुचक नेप्से ३ दशमलव ४५ अंकले घटेर १ हजार २ सय ९ दशमलव ६२ को बिन्दुमा बजार बन्द भएको छ । 

नेप्से सुचक ऋणात्मक रहेपनि अघिल्लो दिनको तुलनामा आज कारोबार रक मभने वृद्धि भएको छ र नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार १७१ कम्पनीको ३५ करोड २लाख ६९ हजार ५ सय ९ रुपैयाँको १२ लाख ७५ हजार ६ सय २३ कित्ता सेयर किनबेच भएको छ । यसअघि गतसाताको अन्तिम कारोबार दिन बिहीबार नेप्सेमा २६ करोड ७६ लाख रुपैयाँको सेयर किनबेच भएको थियो ।

यसदिन सबैभन्दा बढी छिमेक लघुवित्त वित्तीय संस्थाको ३ करोड २१ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल बैंकको २ करोड ४१ लख रुपैयाँ, नेसनल लाइफको एक करोड ९५ लाख, नेपाल इन्भेष्टमेन्ट बैंक एक करोड ५२ लाख,  एनआईसि एशिया बैंकको एक करोड ४६ लाख, अपर तामाकोशीको एक करोड १०लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै रसुवागढी हाइड्रो पावर र प्रभु बैंकको एक करोडभन्दा केही बढीको सेयर किनबेच भएको छ । 

आज कारोबारमा आएका बाह्र उपसुचकमध्ये उत्पादन तथा प्रशोधन र होटल बाहेकका सबै सुचक नकारात्मक रहेका छन् । जसमध्ये जीवन बीमा समूह सर्वाधिक उच्च अंक ५१ द्यशमलव ०७ अंकले घटेको छ । 

बिहीबारको कारोबारमा सर्वाधिक कमाउनेमा सिर्जना फाइनान्सका सेयरधनी रहेका छन् । कम्पनीको सेयर भाउ ४ दशमलव २१ अंकले बढेको छ । यता, सर्वाधिक गुमाउनेमा भने पाँचथर पावर कम्पनीका सेयरधनी रहेका छन् । कम्पनीको सेयर मुल्य ७ दशमलव २ प्रतिशतले झरेको छ । ४३ कम्पनीका सेयरधनीले सामान्य कमाएका छन् भने बाँकी कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर