बिहीबार कति घट्यो सुनको भाउ

काठमाडौं । बिहीबार सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन ७० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  

यसअघि बुधबार स्थिर रहेर सुन तोलामा ७१ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजावी सुन आज तोलामा ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

साउनदेखि नै लगातार बढेर ७३ हजार ५ सय रुपैयाँसम्म पुगेको सुनको भाउ पछिल्ला दिनहरुमा भने क्रमश घट्न थालेको छ ।

त्यस्तै चाँदी आज तोलाको ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर