नेपालीका लागि मलेसिया जाने बाटो खुल्यो

काठमाडौं । नेपाली रोजगारीका लागि मलेसिया जाने बाटो खुल्ला भएको छ । पन्ध्र महिनादेखि बन्द रहेको मलेसियाको रोजगार खुला गर्न सम्बन्धमा नेपाल र मलेसियाको श्रम मन्त्रालय स्तरीय प्राविधिक समितिमा सहमति भएको हो । 

मलेसियाली रोजगारी खुलाउनुपर्ने दबाबमा रहेको सरकारले यतिबेला क्वालम्पुरको तीनदिने वार्ताका क्रममा यस्तो सहमति भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरे र उमेश ढुंगाना नेतृत्वको टोलीले मलेसियामा सहमति गरेको हो ।

सहमतिसँगै अब नेपाली कामदार मलेसिया जान पाउने श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।  मन्त्रालयका अनुसार नेपाली कामदार अब शुन्य लागतमा मलेसिया जान पाउनेछन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर