आज पनि घट्यो नेप्से सुचक

काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजार परिसुचक नेप्सेमा गिरावट आएको छ । बुधबार ३ अंकले घटेको सुचक बिहीबार ५ दशमलव ३३ अंकले घटेर १ हजार १ सय ५७ दशमलव ८८ को बिन्दुमा बजार बन्द भएको छ । 

सुचक घटेपनि आज कारोबार रकममा भने केही सुधार देखिएको छ । बिहीबार १६८ कम्पनीको ३७ करोड ६१ लाख ८४ हजार ४ सय ९१ रुपैयाँको १५ लाख ५६ हजार ७ सय ९० कित्ता सेयर किनबेच भएको छ । यसअघि बुधबार १७१ कम्पनीको ३४ करोड १७ लाख ४५ हजार १३६ रुपैयाँको १५ लाख ३ हजार ९२८ कित्ता सेयर किनबेच भएको थियो ।

समग्र परिसूचक ५ अंक भन्दा बढीले खस्किँदा कालिका पावर कम्पनी सेयरभाउ सर्वाधिक उच्च अंकले बढेको छ । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतले बढेको छ । यद्यपी कालिकाको सेयर मुल्य पार भ्यालुभन्दा कम अर्थात प्रतिकित्ता ८४ रुपैयाँ कायम भएको छ । यता, आज सर्वाधिक गुमाउनेमा अरुण भ्याली हाइड्रोपावरका लगानीकर्ता रहेका छन् । कम्पनीको सेयर मुल्य ६ दशमलव ७९ प्रतिशतभन्दा बढीले घटेर प्रतिकित्ता सेयर भाउ ९६ रुपैयाँमा आइपुगेको छ । 

यस दिन सबैभन्दा बढी लक्ष्मी बैंकको संस्थापक सेयर किनबेच भएको छ । बैंकको ४ करोड ७० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

बिहीबार सबै उपसुचक राताम्मे छन् । जसमध्ये सबैभन्दा बढी निर्जीवन बीमा समूह ३४ दशमलव २५ र जीवन बीमा समूह ३३ दशमलव ८६ अंकले घटेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर