कहिलेदेखि खुल्दैछ दशैका लागि बस टिकट, भाडा बढ्ला कि नबढ्ला ?

तस्बिर : वेभ

काठमाडौं । महान पर्व दशैंमा सर्वसाधारणका लागि घर जान सहज गराउने गरी यसपालीको दशैंको अग्रिम टिकट बुकिङ असोज ५ गतेदेखि खुल्ने भएको छ । बिहीबार सरोकारवाला निकायबीच भएको छलफलपश्चात टिकट बुकिङ खोल्ने सहमति भएको हो । 

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालको संयोजकत्वमा यातायात व्यवसायी, ट्राफिक प्रहरी, नेपाल प्रहरी लगायतका सरोकारवाला निकायबीच बैठक बसेको थियो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले असोज ५ गतेदेखि औपचारिक  बुकिङ खोल्ने निर्णय भएको जानकारी दिए ।

उनले हाललाई भाडा वृद्धि नहुने जानकारी दिए । यसअघि यातायात व्यवसायीले १० प्रतिशत भाडा वृद्धि हुनुपर्ने माग गरेपनि तत्कालका लागि पुरानै भाडादरमा अग्रिम टिकट खुलाउने सहमति भएको हो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर