नीजि क्षेत्रलाई सरकारको सम्मान : व्यवसायी चन्द्र ढकालदेखि राजेशकाजी श्रेष्ठसम्म सम्मानित


काठमाडौं । सरकारले संविधान दिवसको अवसर पारेर विभिन्न उद्योगी व्यवसायीलाई सम्मान पनि गरेको छ । राज्यलाई योगदान पुर्याए बापत सरकारले राष्ट्र सेवक कर्मचारी, उद्योगी व्यवसायी, कलाकार लगायतलाई विभिन्न पदकबाट सम्मान गरेको हो । 

सम्मानित हुनेमा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठलाई, आईएमई ग्रुपका अध्यक्ष तथा एफएनसीसीआइकाका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र उद्योगी अशोककुमार अग्रवाललाई सम्मान रहेका छन् । यसैगरी एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेलाई संविधान दिवसको अवसरमा सरकारले सम्मानित गर्ने भएको छ । 

सरकारले चेम्बर अफ कमर्सका अध्यक्ष श्रेष्ठलाई सुकिर्तिमय राष्ट्रदीप,महासंघका अध्यक्ष राणा, उपाध्यक्ष ढकाल र उद्योगी अग्रवाललाई कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणीबाट सम्मान गर्ने भएको हो । त्यस्तै एनआईसी एसियाका सिइओ न्यौपाने प्रवल जनसेवा श्रीबाट सम्मानित हुन लागेका हुन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर